२६ जेठ, रविन्द्र साह सप्तरी।सिरहाको इँटाटारस्थित एक घरबाट सोमबार प्रहरीले अन्दाजी सय किलो लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरी चौकी औरही र सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट ईटाटारबाट सँयुक्त रुपमा खटिएको टोलीले ईटाटार गाविस वडा नम्बर ६ स्थित लालवा पासवानको घरबाट गाँजा बरामद गरेको हो ।

पासवानले आफ्नो भान्सामा सो गाँजा लुकाई राखेका थिए । प्रहरी टोलीलाई देख्नासाथ पासवान फरार भएकाले उनको खोजी कार्य भइरहेको प्रहरी चौकी औरहीले जनाएको छ ।.

तपाईको प्रतिक्रिया