२६ जेठ, रविन्द्र साह सप्तरी। हनुमाननगर योगिनिमाई नगरपालिको सहयोगमा समाज कल्याण बहुद्देश्यीय सेवा केन्द्र १ नम्बर योगिनियाँ द्वारा अपांगता भएकाहरुका लागि दुई दिने अभिमुखिकरणको आयोजना गरिएको छ ।

मंगलबारदेखि शुरु भएको तालिम उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले अपाङ्ता भएका व्यक्तिहरु अहिले पनि राज्यको हरेक संयन्त्रबाट पछाडि परेको हुँदा अगाडि ल्याउनुपर्ने बताए ।

नगरपालिकाका कार्यकारी अधिकृत भागवत महतोको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन सत्रमा प्रशिक्षक शिबशंकर मण्डल, बिनोद माझी, जोगेन्द्र साह, अपांग संघका अध्यक्ष रामविलास राउत लगायतले मन्तव्य व्यक्त गरेका थिए । ४५ जनाको सहभागिता रहेको कार्यक्रमको उद्घाटन सत्र आयोजक संस्थाकी अध्यक्ष सुशिला मण्डलको अध्यक्षतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया