२८ जेठ, रविन्द्र साह सप्तरी।सप्तरीको संसदीय क्षेत्र नं.२ को जनता मावि तोपामा बिहिबार नेपाल विद्यार्थी संघ इकाई समितिको पुर्नगठन गरिएको छ । नेवि संघका केन्द्रीय सदस्य आनन्द कुमार झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संघ संगठन विस्तार समितिका संयोजक पार्थो सरकार, विद्यालय व्यवस्थापन समितिका सभापति राधेश्याम यादव, ने.वि.संघका सदस्य सिता प्रसाद यादव, आशुतोष आनन्द सिंह समेतको उपस्थितिमा ११ सदस्य कमिटी गठन गरिएको हो ।

स्थानीय ओकिल कुमार मंडलको अध्यक्षतामा गठित इकाई समितिको उपाध्यक्षमा रेणुका पंडित, सचिवमा मनोज कुमार मंडल, सहसचिवमा आशाराम यादव र कोषाध्यक्षमा आशा कुमारी यादव रहेका छन । त्यस्तै सदस्यहरुमा क्रमश कमलेश कुमार रजक, रबेन्द्र कुमार मंडल, निराजन कुमार यादव, शिव नारायण यादव र बन्दना कुमारी मण्डललाई सर्वसम्मतले चयन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया