school sarsafai bidhyalay

२८ जेठ, रविन्द्र साह।(प्रतिनिथि तस्विर) सप्तरीको मलहनमा गाविसमा रहेका तिन वटै सामुदायिक विद्यालयहरुमा चौतर्फी  विकास गर्नका लागि स्वस्फुर्त ढंगले शिक्षक र अभिभावकहरु सकृय भएका छन ।

 विद्यालयको शैक्षिक तथ्याङ्क विवरण व्यवस्थित राख्ने, क्ज्ल् रजिष्टर समयमै अपडेट गर्ने, कक्षा कोठामा शैक्षिक सामग्रीहरु कक्षा कोठामा अनिवार्य रुपमा प्रयोगमा ल्याउने, विद्यालयको परिसर भित्र फुल र वोट विरुवा रोपेर सरसफाई लाई निरन्तरता दिने र कक्षा कोठाहरु सरसफाई गरी व्यवस्थित वनाउनका लागि सक्रिय भएर काम गरिरहेको मुसहरनियाँ निम्न माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रियकान्त चौधरीले जानकारी दिनुभयो ।

सो गाविसमा एक रा.प्रा.वि. र दुई नि.मा.वि. गरी तिन वटै विद्यालयमा करिव ४ सय ५० जना वालवालिकाहरु अध्यनरत छन । सवल नेपाल राजविराज सप्तरी र सेभ द चिल्डेनको साझेदारीमा संचालित स्पोन्सरशिप कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुबाट प्रभावित भएर हाल शिक्षक, अभिभावक, समुदाय, विद्यालय व्यवस्थापन समिति, वाल क्लवहरु लगायतका सरोकारवालाहरु परिचालन भईरहेको फिल्ड अधिकृत शिव शंकर यादवले जानकारी गराउनु भयो ।

यसैबीच रा.प्रा.वि. महुलियामा शिक्षक र विद्यार्थीहरु मिलेर हरियाली वतावरण वनाउनकालागि विद्यालय परिसर भित्र फुलको विरुवा समेत
रोपेका छन ।

तपाईको प्रतिक्रिया