२८ जेठ, मोरङ, । मोरङको डाँगीहाट ५ स्थित केशल्या पुलमा बिहीबार बिहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चीमतर्फ जादै गरेको बसको ठक्करबाट नामथर वतन खुल्न नसकेको अन्दाजी ४० वर्षिय पुरुष मानिसको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पैदलयात्री ती पुरुषलाई बिहान ०९३० बजे ना ६ ख ७६८ नम्बरको बसले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्युभएको हो । बस र चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया