maggi-noodles

भारतको नेस्ट्ले कम्पनीले मेगी चाउचाउको उत्पादन पुन सुरु गरेको समाचार छ । यसअघि सो चाउचाउको उत्पादनमा सरकारले नै प्रतिबन्ध लगाएको थियो ।

म्यागी चाउचाउको उत्पादनमा भारतले प्रतिबन्ध लगाएपछि उक्त कम्पनी अदालत गएको थियो । अदालतले सो कम्पनीको उत्पादनमा त्यस्तो खराबी नदेखिएको भन्दै उत्पादन गर्न आदेश दिएको थियो ।

भारत सरकारको खाद्यप्रविधि गुण नियन्त्रण विभागले सो चाउचाउमा अखाद्य वस्तु पाइएको भन्दै त्यसको उत्पादनमा प्रतिबन्ध लगाइदिएको थियो ।

भारतमा निकै लोकप्रिय सो कम्पनीका उत्पादनहरुको बारेमा गरिएको प्रश्नका बारेमा सो कम्पनीले अदालतको ढोका ढकढकाएपछि अहिले सरकारको सो निर्णय नै विवादास्दप देखिएको छ ।

हामीले हाम्रा कम्पनीका तीन वटा केन्द्रबाट मेगी चाउचाउको उत्पादन आजबाट पुनः सुरु गरेका छौँ– नेस्ट्ले कम्पनीले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

गएको जुन महिनामा सो कम्पनीको चाउचाउ उत्पादनमा भारत सरकारले प्रतिबन्ध लगाएको थियो । तर उसले उक्त निर्णयको विरुद्धमा अदालत जाने निर्णय गरेको थियो ।

मुम्बईको उच्च अदालतले सरकारको उक्त निर्णय उल्ट्याइदिएको थियो । अदालतको सो फैसलापछि नेस्ट्लेले मङ्गलबारबाट उत्पादन थालेको हो ।पुर्वेलिन्युजबाट

तपाईको प्रतिक्रिया