bipad byapasthapan inaruwa
इनरुवा जेठ २८/विपद् परेको अवस्थामा अपनाइनु पर्ने सावधानी तथा विपद् पूर्व तयारीबारे सरोकारवालाहरुवीच छलफल चलाइएको छ । महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतीनिधीका अलावा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

जिल्ला दैवि प्रकोप उद्धार समिति सुनसरीको जिल्ला विपद् पूर्व तयारी प्रतिकार्य योजना अनुरुप महिला बिकास कार्यालयले सरोकारवालाहरुको उपस्थितीमा योजना तथा तयारीबारे छलफलको आयोजना गरेको हो ।

विशेषगरी वर्षायामसँगै सुनसरीमा सप्तकोशी नदी लगायत अन्य खोलाहरुमा बाढी आउने र त्यसले क्षति पुर्याउने खतरा वर्षेनी निम्तने गर्दछ ।आउन सक्ने बाढी र त्यसले निमत्याउन सक्ने जोखिमलाई मध्यनजर गरी महिला तथा बालबालिकाका क्षेत्रमा चालिनु पर्ने पहल कदमीका साथै पूर्व तयारी गरिन लागेको महिला बिकास अधिकृत रश्मि श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया