Deu-bottel ledu2

 

२८ जेठ, गोविन्द बस्नेत धरान ।  माउन्टेन डिउको २ सय ५० एमएलको बोतलमा अखाद्य बस्तु फेला परेको छ । प्लाष्टिकजस्तो देखिने बस्तु उपभोक्ता संजय लिम्बूले पिउने क्रममा भेटिएको हो ।  अत्यन्तै गर्मीको समयमा चिसो पिउने क्रममा धरान–१० कुमार गुरुङ किराना पसलबाट डिउ खरिद गरी पिउने क्रममा लिम्बूले च्याउ जस्तो आकारको लेदो भेटेका हुन । उनले खोल्ने क्रममा समेत ग्यास नआएको र पिउने क्रममा भित्र लेदो देखिएपछि आफूले पसलेलाई जानकारी गराएको बताए ।

Deu-bottel ledu

गुरुङ किराना पसलकी सञ्चालिका टीका गुरुङले जेठ १६ गते मात्रै आफ्नो पसलमा ती डिउहरु धरान १२ चतरालाइनमा रहेको डिलर मार्फत मगाएको बताउनुभयो । उहाले अहिलेसम्म यस्तो प्रकारको डिउ नभेटिएको तर यो पहिलो पटक भेटिएको बताउनुभयो ।सो माउन्टेन डिउको बोतलमा उत्पादक बरुण बेबरेज प्रालि कोटेश्वर काठमाडौं उल्लेख गरिएको छ ।उक्त लेदाे बरामद भएकाे बाेतल हाल अनुशन्धानकाे लागि इलाका प्रहरी कार्यालय धरान लगिएकाे छ ।

Deu-bottel ledu1

तपाईको प्रतिक्रिया