२९ जेठ, रविन्द्र साह सप्तरी।सप्तरीको विभिन्न स्थानमा भएको  दुर्घटनामा तीन जना घाइते भएका छन् । सप्तरीको कंचनरुप नगरपालिकामा बिहीबार साँझ करेन्ट लागेर बिद्युत कार्यालयका एक जना अस्थायी कर्मचारी घाइते भएका छन् । कंचनरुप नगरपालिका १ बस्ने २४ बर्षिय
लिलाकान्त चौधरीलाई बिहीबार साँझ बिधुतको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका हुन् । घाइते चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कुशाहामा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ५ ख ७३८५ नम्बरको गिटी बोकेको ट्रकले स ५ प १०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सप्तरी सितापुर ३ बस्ने २७ बर्षिय उमेश चौधरी र २४ बर्षिय बिसुन देव चौधरी घाइते भएका छन् । घाइते दुवैको लहान अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालक फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया