२९ जेठ, रविन्द्र साह। सप्तरीको रायपुर गाविसलाई अगामी असार महिनाभित्रमा खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने निर्णय सर्वसम्मतबाट गरिएको छ । युनिसेफको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा रायपुर गाविसमा आयोजित खुल्ला दिसा मुक्त अभियान अन्तर्गत गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रममा सर्वसम्मतबाट सो निर्णय गरिएको हो ।

गाविस सचिव तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक युवराज रेग्मीको अध्यक्षता तथा खानेपानी कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, जिविसका डिवासिसीका सचिवालय कार्यक्रम संयोजक मिथिलेश कुमार यादव, सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा, पत्रकार शुभ नारायण यादव, रायपुर गाविसका निवर्तमान अध्यक्ष मुखिलाल यादव, सदभावना पार्टीका जिल्ला सचिव हरेराम यादव, बुद्धिजीवी गजेन्द्र प्रसाद चौधरी, प्रेस चौतारीका अध्यक्ष नर्मदेव यादव, सेभ द सप्तरीका कार्यक्रम संयोजक गजेन्द्र प्रसाद यादव लगायतका बक्ताहरुले यस रायपुर गाविसलाई तोकिएको समयमै खुल्ला दिसा मुक्त घोषणा गर्नुपर्नेमा जोड दिनुभयो।

तपाईको प्रतिक्रिया