२९ जेठ, रविन्द्र साह सप्तरी। नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा तथा राष्ट्रिय भेलामा सप्तरीबाट सहभागी हुन २१ जना प्रतिनिधि तथा १५ जना परिवेक्षक भएको छ । प्रतिनिधिमा छेदी रजक, लक्ष्मी चौधरी, सूर्य नारायण मण्डल (कुरुड्), चन्द्रदेव मण्डल (शेर सिंह), प्रेम नारायण यादव, जगजिवन राम, कमला गौतम, देव प्रसाद पाल, अमृत साफी, दिप नारायण साह, आनन्द यादव, पार्वती चौधरी, चन्दा साह, राम प्रसाद मण्डल, देव लाल माली, ताज मोहम्द, रामविलास शरण्, राजु जयसवाल, डम्बर नारायण साह, राजेन्द्र प्रसाद यादव रहेको नयाँ शक्ति नेपालका केन्द्रिय परिषद् सदस्य छेदी रजकले जानकारी दिनुभयो ।

त्यसैगरी परिवेक्षकमा भुवनेश्वर पासवान, तेज नारायण यादव, अशोक रजक, धन बहादुर बिक, राधा देवी राम, संगीता चौधरी, ओम प्रकाश चौधरी, कपलेश्वर ठाकुर, रेखा कुमारी यादव, राज लाल राम र मन्जु कुमारी रहेका छन । भेलामा भाग लिन सप्तरीका ६ वटै निर्वाचन क्षेत्रबाट पाँच सय जना जाने तय भएको केन्द्रिय परिषद् सदस्य रजकले बताउनुभयो । नयाँ शक्तिको पार्टी घोषणा सभा तथा राष्ट्रिय भेला जेठ ३०, ३१, ३२ गते काठमाण्डौं दशरथ रंगशालामा हुनेछ ।

तपाईको प्रतिक्रिया