२९ जेठ,रविन्द्र साह। सप्तरीको मलेठ गाविस ७ स्थित एक घरमा बिहिबार राति नगदसहित करिब १० लाख बराबरकोे सामान चोरी भएको छ । राजविराज रुपनी सडक खण्ड अन्तर्गत राजविराज नगरपालिका वडा नं. ५ सँगै टाँसिएर रहेको मलेठ गाविस ७ स्थित जिविस सप्तरीका कार्यक्रम अधिकृत सुभाष मण्डलको घरमा चोरी भएको हो । बिहीबार बिहान घरका सदस्यहरु आफन्तको विवाहमा गएको मौका छोपी चोरहरुले राती घरको मुल ढोकाको ताला फोडेर उक्त मुल्य बराबरको चोरी गरेको पीडित मण्डलले जानकारी दिनुभयो ।

चोरहरुले घरको तीन वटा कोठाको ताल्चा तोडी कोठा भित्र छिरेर घरमा रहेका दराज भित्रबाट चाँदी ७० तोला, सुन १२ तोला, ल्यापटप १ थान, नगद १ लाख १५ हजार गरी करिब दश लाख बराबरको सरसमानहरु चोरी गरि लगेको पीडित मण्डलले जानकारी दिनुभयो । यता चोरहरुको
खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया