गोपि
चावहिलमा रहेको गोपीकृष्ण हल परिसरमा अवैध रुपमा जुवा खेल, ज्याकपट खेलाएको भन्दै नेपाल प्रहरीले मंगलबार हलमा छापा मारेको छ।
हलका म्यानेजर तीर्थ पौडेललाई गौशाला प्रहरीले पक्राउ गरेको छ। उनीसँगै ज्याकपट खेलको कारोबार हेर्ने उनका भतिजा ईश्वर पौडेललाई पनि पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग गौशाला प्रहरीले जनाएको छ। डिएसपी सुरेन्द्रप्रसाद
मैनालीले भिडियो गेम पार्लरको अाडमा अवैध रूपमा ठूलो परिणाममा पैसाको हारजित हुने ज्याकपट खेल खेलाइएको पाइएपछि छापा मारिएको बताए। ‘भिडियो गेमको नाममा ठूलो रकम  हारजित हुने जुवा खेल खेलाउने गरेको र चुल्ठेमुन्द्रेहरुको जमघट हुने गरेको जनगुनासोका आधारमा पक्राउ गरिएको हो’ मैनालीले सेतोपाटीसँग भने।
प्रहरीले हिजो नै थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेर हिरासतमा राखेको जनाएको छ। उनीहरुलाई सार्वजनिक अपराध अन्तरगतको मुद्धा चलाइने डिएसपी मैनाली बताए।सेतोपाटिबाट

तपाईको प्रतिक्रिया