Ram-baran-Yadav-and-Kp-Oli

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतलनिवास पुगेर राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनमा एमाले उपाध्यक्ष विद्या भण्डारीको पक्षमा मतदान गरेपछि उनी शीतल निवास पुगेका हुन् ।

भेटवार्तामा राष्ट्रपति यादवको अवकाश पछि सरकारले गर्ने उनको व्यवस्थापनबारे छलफल भएको थियो । राष्ट्रपतिबाट अवकाश भएपछि यादवलाई सरकारले ललितपुरको भैंसेपाटी र एकान्तकुना आसपासमा सुविधासम्पन्न आवासको व्यवस्था मिलाइदिँदैछ ।

राष्ट्रपति यादवले अवकाश पाउनुभन्दा केही घण्टा अघि भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले हालसम्म खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

यादव २०६५ साउन ८ गते गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया