Netra-Bikram-Chand-Biplav

३१ जेठ, काठमाडौं। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुमाथि दमन भए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।संगै जनयुद्ध लडेका उनका पूर्वसहकर्मी समेत रहेका गृहमन्त्री शक्ति बस्नेतले विप्लव माओवादीको गतिविधिमाथि निगरानी राख्न सुरक्षा निकायहरुलाई निर्देशन दिएपछि विप्लवको यस्तो चेतावनी आएको हो ।

NetraBikham-Chand-Biplav-status
सोमबार विप्लवले फेसबुकमा लेखेका छन्, ‘हामी तिम्रा जस्तोसुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौँ । किनकी त्यो तिम्रो बेइमानी, गद्धारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका विश्वासघातीहरु हामीले तिमीहरुलाई पनि राम्रैसंग चिनेका छौँ । याद गर दमन भए प्रतिरोध हुनेछ ।’उनले विश्वासघाती भनेर गृहमन्त्री बस्नेतलाई संकेत गरेका हुन् । राज्यलाई कर नतिरेको भन्दै विप्लव माओवादीले एनसेल टावरहरुमा आगजनी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया