३१ जेठ , कपिलवस्तु । कपिलवस्तुमा एक महिला माथि बलात्कार भएको छ । शिवराज नगरपालिका–१० मा आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको प्रहरीले जनाएको छ ।चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिमतिर भएको सो घटनामा सशस्त्र प्रहरी बलका जवान नै रहेको गाउँलेहरुको आरोप छ । पीडित महिला भैंसी चराउन आएको बेला बलात्कार भएको थियो ।

घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेलापरेको छ । फेलापरेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि छानबिन गरी घटनाको विवरण सार्वजनिक गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।साझासवालबाट

तपाईको प्रतिक्रिया