सरकारले नेकपा माओवादी केन्द्रका नेता सम्बद्ध एक गैरसरकारी संस्था (एनजिओ)लाई मापदण्डबिनै करोडौं अनुदान दिँदै आएको खेलेको छ। द्वन्द्वपीडित क्षेत्रमा कार्य गर्दै आएको ‘सहिद प्रतिष्ठान नेपाल’ नामक एनजिओलाई शिक्षा मन्त्रालयले द्वन्द्वपीडित शिक्षा कार्यक्रम शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौं रकम उपलब्ध गराउँदै आएको छ।
सहिदका छोराछोरी पढाउने उक्त एनजिओका कार्यक्रम र अनुदान खर्चबारे अहिलेसम्म कुनै अनुगमन भएको छैन। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ।