अवकाश पाउन १० दिनमात्र बाँकी रहँदा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव डा. नरेन्द्रमान श्रेष्ठ विदेश सयरमा निस्केका छन् । उनी नेतृत्वको आयोगको टोली आइतबार कम्बोडिया भ्रमणमा निस्केको हो । उक्त टोलीमा आयोगकै सह–सचिव राधाकृष्ण प्रधान र उपसचिव बलबहादुर अधिकारी छन् ।
‘सचिवले अवकाश पाउँदैछन्, उनले अब यहाँ काम गर्ने छैनन् भन्ने थाहा हुँदा–हुँदै सरकारी रकम खर्च गरेर विदेश पठाउनु मुलुकका लागि ठिक हुँदैन,’ आयोगका एक पदाधिकारीले भने । उनका अनुसार अवकाश पाउने सचिवभन्दा नयाँ आएको सचिवलाई पठाउदा राम्रो हुने थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।