३२ जेठ । विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६.२ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा हस्ताक्षर भएको सोमबार जनाएको छ । सम्झौताले विश्वका नेतृत्वदायी व्यवसायिक आकाश विश्वको नेतृत्वदायी व्यवसायिक सञ्जालमा एकाकार गर्ने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले एक वक्तव्य जारी गरी जनाउनुभएको छ ।
उनीहरुले गरेको सम्झौता सन् २०१६ मा नै कार्यान्वयनमा ल्याइने छ । कदमले माइक्रोसफ्टलाई मात्रै सफ्टवेयर कम्पनीभन्दा माथि उठाउने छ भने लिङ्क्डइनको सामाजिक सञ्जालको उन्नति पथका लागि प्रोत्साहन गर्नेछ । लिङ्क्डइनको अहिले विश्वभर चार अर्ब तीन करोड ३० लाख सदस्य रहेका छन् ।