१ असार , काठमाडौँ । एसएलसी परीक्षाको नतिजा भोली (बिहीबार) प्रकाशित हुने भएको छ ।नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भईसकेकाले बिहीबार दिउँसो दुई बजेसम्म नतिजा प्रकाशन गर्ने परिक्षा नियत्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रिले जानकारी दिए ।

केहि प्राविधिक काम मात्रै बाँकि रहेकाले त्यसमा कुनै समस्या नआए बिहीबार नतिजा प्रकाशन गर्ने तयारी भएको उनले जानकारी दिए । परिक्षा नियत्रण कार्यालयले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्न लागेको छ ।

एसएलसी गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी सहभागी छन् ।

तपाईको प्रतिक्रिया