janmorcha

१ असार, काठमाडौँ ।उपप्रधानमन्त्री चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चाले संघीयताले गणतन्त्र संस्थागत गर्न संघीयता बाधक भएको भन्दै संघियता विरूङ संघीयता खारेजीको माग गर्दै बिहीबारबाट आन्दोलनमा उत्रने भएको छ ।

 पार्टीले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागू गर्न संघीयता नै बाधक भएकाले खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने उल्लेख गरे ।

‘संघीयताले नेपालको जातीय, क्षेत्रीय सद्भाव र एकता खलबल्याउँछ, संघीयताले हिमाल र पहाडबाट तराई अलग गराएर भारतीय संघमा विलय गराउने भारतीय स्वार्थलाई टेवा पु¥याएको छ’, उनले भने, ‘त्यसैले हामी यसको तत्काल खारेजीको माग गर्छौं ।’

शर्माले संघीयताकै कारण मुलुकमा यतिबेला जातीय राज्य र एक मधेस एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीको लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए ।

त्यस्तै जनमोर्चाले मुलुकमा भएको महँगी, कालोबजारी, भ्रष्टाचारको विरुद्धमा देशभर अभियान चलाउने भएको छ । पत्रकार सम्मेलनमा शर्माले राष्ट्रियताको रक्षा, अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महँगी, भष्ट्राचारविरुद्ध साउन २ गतेदेखि २५ गतेसम्म गाउँ र जिल्लास्तरीय कोणसभा गर्ने बताए।नयापेजबाट

 

तपाईको प्रतिक्रिया