magic van accident durghatna

१ असार, राजविराज। सप्तरीको बभनगामा कट्टी गाविस वडा नम्वर–२ स्थित राजविराज–हनुमाननगर सडकखण्डमा बुधवार दिउँसो म्याजिक भ्यान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।हनुमाननगरबाट राजबिराजतर्फ आउँदै गरेको स १ ज ३८४ नम्वरको म्याजिक भ्यान अनियन्त्रित भई रोडबाट उत्तरपट्टि खोलामा खस्दा त्यसमा सवार यात्रुहरु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार घाइतेहरुमा सप्तरीको त्रिकोल–७ का जगत देव यादब, बथनाहा–४ का रामचन्द्र मण्डल, राजविराज–६ कि पूनम चौरसिया, पोर्ताहा–५ का ममता सदा र उनको दुई वर्षिय छोरा अमित सदा घाइते भएका छन् ।
यसैगरी पोर्ताहा–५ का हिरालाल सदा, देवरती सदा, मञ्जली देवी सदा, मन्दिका सदा, सोना देवी सदा र राजविराज–९ कि बिमला देवी समेत घाइते भएका छन् । उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।न्युजटुडेबाट

तपाईको प्रतिक्रिया