save fuel इनरुवा / भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थमा चुलिएको अभाव सुनसरीमा तस्कर र आन्दोलनकारीवीचको पछिल्लो सहमति सँगै थप हाहाकार हुने देखिएको छ । मोर्चाको अवरोध र भारतको नाकाबन्दीका बाबजुत सुनसरीमा कालोबजारीमा खुलेआम विक्रिवितरण हुँदै आएको पेट्रोल, डिजल अब भने नपाइने भएको छ ।
मोर्चा कार्यकर्ताहरुले भारतबाट लुकाइछिपाई ल्याउने गरिएको पेट्रोल, डिजेल खोसेर कब्जामा लिई नष्ट गर्ने क्रमलाई बढाएसँगै तस्कर र स्थानीय आन्दोलनकारीवीच सहमति बनेको हो ।
केहीदिन अघि तस्करी गरी पेट्रोल ल्याउने क्रममा मोर्चा कार्यकर्ता र तस्करवीच कुटाकुटको अवस्था सीर्जना भएको थियो । उक्त घटना अतिरञ्जित हुन सक्ने भएकाले तस्कर समूह र आन्दोलनकारीवीच सहमति भएको मोर्चा आवद्ध नेताहरुले जनाएका छन् ।
तस्करहरुले लुकाइछिपाई ल्याएको पेट्रोल, डिजेलका कारण सुनसरीमा खासै पेट्रोल, डिजलको अभाव देखिएको थिएन् । महँगो मोल तिरेर भएपनि ब्लेकमा तेल किन्न पाएकाहरुले अबभने अभाव झेल्नु पर्ने देखिएको छ ।
मोर्चाले आन्दोलनलाई कडा पार्दै लैजाने जनाइरहँदा जिल्लामा पेट्रोल, डिजेल अभाव सीर्जना गराउन पछिल्लो कदम महत्वपूर्ण हुने स्वयं मोर्चाको भनाई छ । तस्कर समूहले तेल ढुवानी नगर्ने र कसैले गरेको भेटे प्रशासनलाई जानकारी गराउने , कब्जामा लिइएको तेल नष्ट भए जिम्मेवारी नलिने जस्ता सहमति दुई पक्ष्यवीच बनेको छ । तस्कर समूहले प्रेस विज्ञप्ती जारी गर्दै मोर्चा नेताहरुसँग सहमति कायम भएको जानकारी गराएका छन् । विज्ञप्तीमा हरिगोविन्द यादव, सत्रुघन यादव, गफार अन्सारी, इसराइल अन्सारी, एजुद अन्सारी, ताहिर अन्सारी, अजहर हुसेन लगायत आन्दोलनकारी र तस्कर समूहका प्रतिनीधिहरुवीच छलफल पश्चात सहमति बनेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया