काठमाण्डाै / हरेक वर्ष सरकारले विभूषित व्यक्तिलाई १५ लाख रुपैयाँसम्म पर्ने मानपदवी केही महिनामै दिने गरेको छ। तर, पाँच हजार रुपैयाँभन्दा कम लागत पर्ने अलंकार र पदक भने सरकारे घोषणा गरेको ६ वर्ष वितिसक्दा पनि वितरण गरेको छैन।
राज्यमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सरकारले तीन प्रकारका विभूषण घोषणा गर्ने गरेको छ। गणतन्त्र स्थापनापछि ०६७ देखि सरकारले विभूषण दिन थालेको हो। सोही वर्षदेखि नै मानपदवी पाउनेले तक्मा पाउँदै आएका छन्। अलंकार र पदक अहिलेसम्म घोषणामै सीमित छ।
मानपदवी उच्चपदस्थ व्यक्तिले पाउँछन् भने अलंकार र पदक तल्लो तहका व्यक्तिलाई दिने गरिएको छ। महंगो पर्ने मानपदवी सरकारले हरेक वर्ष बनाएर वितरण गर्छ। तर, सस्तो पर्ने अलंकार र पदकको आसमा भने घोषणा भएका करिब दुई सय जना छन्। तक्मा लिन गृह मन्त्रालय धाएर थाकिसकेको उनीहरु बताउँछन्।
अलंकार र पदकको डिजाइन र साँचो बनेन
गृह मन्त्रालयका प्रवक्ता शंकर कोइराला अलंकार र पदकको डिजाइन र साँचो समयमा निर्माण हुन नसक्दा तक्मा वितरण गर्न नसकिएको बताउँछन्। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।

 

तपाईको प्रतिक्रिया