gahrai

०२ असार, इनरुवा।लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली नायक शंकर लामिछानेले हिन्दी भाषाको लघु चलचित्र ‘गहराई’को सिरिज तयार पारेका छन् । यूट्युव मार्फत सार्वजनिक गरिएको उक्त लघु चलचित्रले दिन प्रतिदिन चर्चा कमाईरहेको छ ।

प्रेम र विछोडलाई फिल्मको मुख्य विषयबस्तु बनाइएको “गहराई” प्रेमको उत्कृस्ट उपहार भएको लामिछानेले बताउछन् । उनले प्रेमकथामा आधारित गहराईका केहि श्रृंखला आउने बताएका छन् । लामिछानेले सफल नेपाली चलचित्र “किन लाग्छ माया” मा मूख्य भूमिकामा अभिनय गरेका थिए ।

त्यसपछि उनी “ए नेपाली हो” नामक एक भिडियो सामग्रीबाट एकाएक चर्चामा आएका थिए । उनले नेपाली क्रिकेटलाई सम्मान गर्दै गीत, नेपाली लोकसँस्कृतीलाई सम्मान गर्दै विभिन्न तीज गीतहरु तथा हिन्दी गीतहरु समेत वजारमा ल्याएका छन् ।

उनले उपन्यासकार बालकृष्ण समको उपन्यास “बोक्सी” मा आधारित चलचित्र “बोक्सी” लगाएत अन्य केही नाटकमा काम गरिसकेका छन्।
“गहराई” मा शंकर लामिछानेको साथमा अनिता सुर्वित , गिता चन्द्र लामिछाने, आर के अदिप्त गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कुश्माज इन्टरटेन्मेन्टले बनाएको चलचित्रलाई नेत्र गुरुङ्ले छायांकन तथा सम्पादन गरेका छन् । “गहराई” लाई लामिछानेले नै लेखन तथा निर्देशन गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया