brand_comfort_sanitary_napkin_pads_lady_pads_sanitary_napkins

प्रकाश ढुंगाना काठमाडौं/‘लोकल तानौं कि’ भन्दै काठमाडौंका भट्टिपसलमा छिर्नु भएको त छैन? होस गर्नुस् है, राजधानीका भट्टिपसलहरुले लोकल रक्सी बनाउन महिनावारी भएको बेला महिलाले प्रयोग गरेको सेनेटरी प्याडसमेत प्रयोग गरेको पाइएको छ।
अस्पताल र विभिन्न होटलहरुसँग सम्पर्क गरेर उनीहरुले ती प्याड रक्सी बनाउन लैजाने गरेको प्रहरीले बताएको छ।
केही दिनअघि काठमाडौं प्रहरीले बौद्धस्थित नागेश्वर गल्लीमा रहेको भट्टी पसलमा छापा मार्दा लोकल रक्सी बनाउन पुरानो जुत्ता, चप्पल, युरिया मल, रागाँभैसीको हड्डी, सिङ, बोसो, सिनो, र महिलाहरु रजस्वला हुँदा लगाएर फालेको सेटेनरी प्याड भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी विश्वराज पोखरेलले जानकारी दिए। ‘अखाद्य वस्तु मिसाएर रक्सी बनाउने गरेको पाइयो। यसको सेवन स्वास्थ्यको लागि निकै खतरनाक छ,’ एसपी पोखरेलले भने, ‘जग्गा भाडामा लिएर समय समयमा त्यस ठाउँमा रक्सी बनाउने गरेको पाइएको छ। ती संचालक अहिले फरार छन्। चाँडै कानुनी दायरामा ल्याउँछौं।’ स्वयम्भुमा बस्दैआएका एकजनाले बौद्धमा जग्गा भाडामा लिएर भट्टी संचालन गरेको र जग्गाधनीको पनि खोजी भइरहेको उनले जानकारी दिए।
प्रहरीका अनुसार त्यो भट्टी पसल दर्ता भएको छैन। ‘अवैधरुपमा मदिरा उत्पादन गर्ने र बजारमा पठाउने गरेको पाइयो,’ एसपी पोखरेलले भने,‘काठमाडौंका अन्य भट्टी पसलमा पनि हामीहरुले निगरानी बढाएका छौँ।’ प्रहरीले सो भट्टी पसलबाट ५ सय लिटर तयारी अवस्थाको रक्सी र ३० हजार लिटर कच्चा पदार्थ बरामद पनि गरेको छ। केही वर्षअघि बौद्ध प्रहरीले गरेको कारबाहीमा पनि त्यस क्षेत्रमा यस्तै अखाद्य वस्तु मिसाएर रक्सी बनाउने गरेको भेटिएको थियो। साभार सेतोपाटी

तपाईको प्रतिक्रिया