काठमाडौँ / नेकपा एमालेमा एक जना यस्ता नेता छन् जो पैसाका लागि जस्तो सुकै हर्कत गर्न पनि तयार छन् । उनी हाल नेपाल सरकारका रक्षामन्त्री हुन् त्यसमाथि एमालेको उपाध्यक्ष पनि हुन् । उनी नेपाली राजनीतिमा फरक रुपमा चिनिएका नाम पनि हुन् तर उनी पैसाका लागि मरिहत्ते गर्ने एमालेका धेरै नेताहरुमध्ये एक हुन् ।
उनले सिक्टा सिंचाई आयोजना, चमेलिया जलविद्युत् आयोजना मात्रै होइन विवादमा फस्दै आएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जिमएमआरलाई पनि पटक–पटक हेलिकोप्टर उपलब्ध गराइदिन भन्दै धम्की दिने गरेका छन् ।आफूले भनेको समयमा हेलिकोप्टर, रसद पानी र महंगा रक्सी उपलब्ध नगराए अप्ठ्यारोमा पारिदिने भन्दै धम्की दिने गरेको एक आयोजना प्रमुखले बताए ।
ती आयोजना प्रमुखका कारण पश्चिम नेपालको जुनसुकै जिल्लामा जानका लागि उनले विभिन्न स्रोतबाट खर्च जुटाएको भन्दै आयोजनासँग रकम उठाउने गरेका छन् । रक्षा मन्त्रीको नाममा नेपाली सेनाको हेलिकोप्टरको पनि उनले चरम दूरपयोग गरेका छन् । पार्टी काममा राज्यको स्रोत र साधनको दुरुपयोग गर्न नपाइने भएपनि उनले अछाम जान मात्रै दश पटक भन्दा बढी विभिन्न आयोजनाका हाकिमलाई फोन गरेर सेनाको हेलिकोप्टर उपलब्ध गराएदिन धम्की नै दिने गरेको स्रोतको दावी छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।