काठमाडौं । मन्त्रिपरिषद्ले स्थानीय, प्रदेश, संघीय संसद् र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्मको बृहत् कार्ययोजना पारित गरेको छ ।०७४ चैत मसान्तसम्म सबै निर्वाचन सक्ने कार्ययोजना छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वीकृत गरेको कार्ययोजनामा आगामी मंसिरमा स्थानीय तहको, ०७४ वैशाख र जेठमा प्रदेश तहको र सोही वर्ष कात्तिक–मंसिरमा संघीय संसद्को निर्वाचन गरिने उल्लेख छ ।

०७४ चैतमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने कार्यतालिका छ । प्रधानमन्त्रीमा केपी ओली निर्वाचित भएको आठ महिनापछि सरकारले संविधानअनुसार निर्वाचन गराउने कार्ययोजना ल्याएको हो ।

संविधानको भाग ३३ को संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ को उपधारा १ को व्यवस्थाअनुसार हालको व्यवस्थापिका संसद्को कार्यकाल ७ माघ ०७४ सम्म रहनेछ ।त्यसअघि नै प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य चयन गर्न संघीय संसद्को निर्वाचन गर्नुपर्ने बाध्यता छ । त्यसअघि स्थानीय र प्रदेशको निर्वाचन भइसक्नुपर्नेछ ।  अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया