kapil-sharma-n-preeti-simmon

एजेन्सी– भारतीय चर्चित कमेडियन कपिल शर्माले एक युवतीसँग डेटिङ गरिरहेको राज खुलेको छ । भारतीय संचार माध्यमका अनुसार कमेडी नाइट विथ कपिलमा क्रिएटिभ डाइरेक्टर भइसकेकी प्रीति सिमोससँग अहिले कपिल डेटमा छन् । कपिल यहाँसम्म पुग्नुमा प्रीतिको मुख्य भूमिका रहेको छ ।त्यसो त प्रीति टीभी जगतमा एक चर्चित नाम हो । सानो पर्दामा उनको नाम चारैतिर फैलिएको छ । भारतीय संचार माध्यमका अनुसार कपिल र प्रीति एकअर्काको निकै नजिक आइसकेका छन् ।तर, कपिल भने यस विषयमा खासै बोल्न चाहन्नन् ।

 

तपाईको प्रतिक्रिया