dipak-bohora mantri

४ असार , बुटवल । श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको दाबी गरेका छन् ।सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताए ।

रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको शनिबार बुटवलमा उद्घाटन गर्दै मन्त्री बोहोराले वैदशिक रोजगारमा जाने कामदारको फारम र १० हजार भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिए ।

उनले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताए । साथै बैदेशिक रोजगारमा गएर मृत्यु भएका परिवारलाई १० लाख र अपाङ्ग भएका व्यक्तिलाई पाँच लाख सरकारले दिने र यो रकम पीडितले आ–आफ्नो जिल्लाबाट पाउने बताए ।

तपाईको प्रतिक्रिया