paras-saha

४ असार , डोडी । पूर्वयुवराज पारस शाह सुदुर पश्चिमको पर्यटकीय स्थल खप्तड पुगेका छन् । सुदुर पश्चिमको पर्यटकिय स्थल पुगेका पारस औपचारीक रुपमा जानकारी नगराई नै खप्तड पुगेका हुन् ।

खप्तडको प्रबेश द्धारका रुपमा चिनिने डोटीको सदरमुकाम सिलगढी हुदै केहि समय खप्तडमा बस्ने गरि गएका पारस डोडीको झिंग्राना हुँदै खप्तड पुगेका भए पनि डोटीका प्रमुख जिल्ला अधिकारी केशब प्रशाद आचार्यले यसबारे आफुलाई औपचारीक रुपमा जानकारी नभएको बताए । जिल्लामा कहिले काँहि विशिष्ट ब्यक्ति आएपनि आफुलाई जानकारी नहुने गरेको गुनासो समेत गरेका छन् । पारश शाह आएको कुरा चाहि सत्य भएको प्रमुख जिल्ला अधिकारी आचार्य बताए ।

खप्तडमा केहि दिन बिताउने गरि पुगेका पारस स्व. राजा बिरेन्द्रले राजपरिवार खप्तड जाँदा बस्नको लागि बनाएको भिआईपी पाहुना गृहमा बस्नेछन् । उनका साथमा आफन्त र अभिन्न मित्रहरु समेतका ब्यक्तीहरु खप्तड पुगेका छन् । पूर्व युवराज खप्तड भ्रमणलाई लिएर सूदुरपश्चिमा पुग्दा यहाँका बासिन्दाले बाटोमा घोडा आएर लगेपछि मात्र उनि आएको थाहा पाएको गंगा दशहरा मेला दर्शन गरेर फिर्ता भएका प्रतक्ष दर्शिहरुले बताएका छन् ।

सुदूरपश्चिमको सबैभन्दा प्रशिद्ध गन्तव्य स्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । खप्तडको सबैभन्दा आकर्षक गंगा दशहरा मेला रहेको छ । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । सुदूरपश्चिमका ९ वटै जिल्लासहित देशभरबाट यहाँ भक्तजनको भिड लाग्ने गर्छ । यसै अवसर पारेर पारश खप्तड पुगेका छन् । उनले जेनेरेट लगाएतका बन्दो बस्तका सामान लिएर खप्डत पुगेका श्रोतले बताएको छ ।

पहिलेको तुलनामा अहिले सुदुरपिश्चम लगायत खप्तड क्षेत्रमा पर्यटकीय गतिबिधी सकारात्मक देखिएको भएपनि खास्सै प्रगति हुन सकेको छैन । प्राकृतिक सौन्दर्यताको खानी तथा धर्तीको स्वर्गको उपमा दिइएको खप्तड राष्ट्रिय निकुञ्जमा बिभिन्न बिशिष्ट ब्यक्तिहरुको आगमन हुने सङ्ख्यामा बृद्धि भएको पाईएको छ ।साझासवालबाट

तपाईको प्रतिक्रिया