४ असार, सुनसरी । सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा आज अपरान्ह भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन। धरान-बिराटनगर सडक खण्ड अन्तर्गत दुहवी-भलुवा- ६ मा अपरान्ह १ बजे को १ च ४०१८ नम्बरको एम्बुलेन्सलाई ना ४ ख १९३० नम्बरको ट्रकले ठक्कर दिंदा एम्बुलेन्स चालक मोरङ बिराटनगर १ का प्रेम बहादुर तामाङसहित चार जना घाइते भएका छन्।

घाइतेहरुलाई उपचारकालागी सामुदायिक अस्पताल दुहवी लगिएको छ भने ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ। त्यसैगरी ईनरुवा ९ मा को १ त ९५७० नम्बरको ट्याक्टरले ठक्कर दिएर को २५ प २६९९ नम्बरको मोटरसाइकलका चालक दुहवी, भलुवा–६ का शम्भु चौधरी र पछाडी सवार सोही ठाउँ बस्ने खगेन्द्र घाइते भएका छन्। घाइते दुबैको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालयमा रहेको छ भने ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको छ।

 

तपाईको प्रतिक्रिया