Colambia-goal foorball

४ असार काठमाडौँ। कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिकाकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।शनिबार बिहान भएको खेलमा पेरुलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै कोलम्बियाले अन्तिम चारमा स्थान बनाएको हो । खेलको निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा पेरुका दुई खेलाडीले गोल गर्न नसकेपछि कोलम्बियाले ४–२ ले खेल आफ्नो पक्षमा पारेको हो । फाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ ।यसअघि नै सेमिफाइनलमा पुगेको अमेरिकाले अर्नेन्टिना र भेनेजुएलाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

तपाईको प्रतिक्रिया