४ असार, रविन्द्र साह सप्तरी।सप्तरीको मानराजा गाविसबाट प्रहरीले अवैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

मानराजा गाविस ५ स्थितमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक जाँच टोलीले चेकजाँच गर्ने क्रममा स ६ प ४६६२ नं. को मोटरसाइकलमा सवार सप्तरीको मोहनपुर ६ बस्ने वर्ष १७ को शम्भु साहलाई अवैध लागु औषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका साहको साथबाट कोरेक्स ४८ पिस, नाइट्रोजन २० बट्टा र SPASMO PRO SYVON PLUS 126 पत्ता बरामद गरेको तथा निजलाई मोटरसाइकल समेत तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया