इलाम ।‘ झापा शनिअर्जुन नगरपालिका-२ का २३ वर्षीय अग्निप्रसाद गिरीले १४ वर्षीया बालिकालाई घुमाउने बहानामा इलाम ल्याए । वैशाख ८ गते सदरमुकामको एक होटलमा राखेर बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले गिरीविरुद्ध वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।
उनका अनुसार सुलुबुङ गाविस(२ का २२ वर्षीय सुरेन्द्र राईमाथि फागुन १८ गते १२ वर्षीया बालिकालाई बलात्कारको आरोप लाग्यो । पीडित पक्षले उनीमाथि कारबाही माग गर्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उजुरीपछि आरोपीलाई फागुन १८ गते नै पक्राउ गरी कारबाही बढ्यो । २०७० सालयता पटक(पटक बलात्कार गर्दै आएको अनुसन्धानमा खुलेपछि राई अहिले थुनामा छन् ।
बलात्कारको घटनामा नौ बर्षकी बालिकादेखि २५ बर्षका महिला समेत पीडित बनेको प्रहरीको विवरणमा उल्लेख छ । ९ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सुलुबुङ गाविस(४ का ४८ वर्षीय श्याम निरौलालाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
सप्तरी औरहीका घर भइ इलाम माइमझुवा गाविसमा स्वास्थ्य चौकी इन्चार्जका रूपमा कार्यरत उमेशप्रसाद साहले २५ वर्षीया महिलालाई जेठ ५ गते यौनजन्य दुव्र्यवहार गरेको आरोपमा जेठ १२ गते पीडितले साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन् ।
जिल्ला प्रहरी कार्यालयले जेठ १२ गते नै साहविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाए पनि आरोपित अझै फरार छन् ।
इलामको चमैतामा विवाह गर्ने बहानामा ललाईफकाई १७ वर्षीया बालिकालाई चमैता–८ का २८ वर्षीय मञ्जिल राईले बलात्कार गरेको इन्सिेक प्रतिनिधि ढकालले जानकारी दिइन् । ‘जेठ २७ गते विवाह गरौं भनी फकाएर लिएर हिँडेका राईले एक घरमा बास बस्न डेरा मागी सोही स्थानमा बलात्कार गरेको प्रहरीको भनाइ छ,’ ढकालले भनिन् ।
हाड नातामै बलात्कार
वैशाख १६ गते शान्तिडाँडा गाविस–५ का २५ वर्षीय सुमन राईले १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको उजुरी पर्यो । वैशाख २० गते पीडितका आफन्तले कारबाही माग गर्दै उजुरी दिए ।
प्रहरीले राईलाई वैशाख २० गते नै गिरफ्तार गर्यो । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी तथा हाडनाता करणीअन्तर्गतको मुद्दा दर्ता गर्यो । जिल्ला अदालतले जेठ १६ गते राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो ।अाजकाे अन्नपूर्ण पोष्टमा खबर छ ।