काठमाण्डाै । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । प्रवद्र्धक जीएमआरले आयोजना निर्माण चरणमा लैजान अन्तराष्ट्रिय ठेकेदार कन्पनीबाट आशयपत्र मागेपछि अब आयोजना बन्ने करिब निश्चित भएको छ ।
सिभिल, हाइड्रोमेकानिकल र इलोक्ट्रोमेकानिकल कार्यसहित कार्यालय तथा आवास भवन निर्माणमा लागि आशयपत्र माग भएको छ । १५ दिन समय सीमा तोकेर जीएमआरको पूर्वयोग्यता छनोटका लागि आशयपत्र मागेको हो । अाजकाे कारोबार दैनिकमा खबर छ ।