काठमाण्डु। यो एसएलसीमा एक विद्यार्थीले ४.० जिपिए ल्याएका छन् । यसलाइृ शतप्रतिशत अर्थात सबैमा सय नम्बर भनेर अथ्र्याइएको पाइन्छ । विभिन्न विद्यालयले आफ्ना विद्यार्थीको सफलता प्रतिशतमा देखाउँदै शुभकामना छाप्न थालेका छन् ।

‘त्यो गलत हो, ’ उच्च मावि शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने, ‘४.० भन्नुको अर्थ सबै विषयमा ए प्लस आउनु हो । ए प्लस भनेको नब्बेदेखि १०० बीचको अंक हो । जिपिएमा न विद्यार्थी, न अभिभावक कोही पनि अभ्यस्त भइसकेका छैनन् । उनीहरुले त्यसलाई सयले गुणा गरी चारले भागा गरेर प्रतिशतमा निकाल्ने गरेको पाइएको छ । त्यो वैज्ञानिक पद्धति होइन । उनले थपे, ‘जिपिएलाई प्रतिशतमा निकाल्न भए ग्रेडमा जान किन जरुरी थियो ? ग्रेड भनेको ग्रेड हो यसलाई प्रतिशतमा निकाल्नु नै भूल हो । ’कान्तिपुर दैनिकमा समाचार छ

 

तपाईको प्रतिक्रिया