एजेन्सी । भूतको फिल्म हेर्दै गर्दा ६५ वर्षिय एक वृद्धको बिहिबार मृत्यु भएको छ। भारतको आध्र प्रदेशका ती वृद्ध भर्खरै रिलिज भएको अंग्रेजी हरर फिल्म ‘द कन्जुरिङ २’ हेर्न तीरुभन्नमलाई सहरको श्री बालसुब्रमनिएर सिनेमा घरमा पुगेका थिए।

 फिल्म हेर्न संगै गएका दुई मध्ये ती वृद्ध फिल्मको क्लाइमेक्स हेर्दैगर्दा छाती दुख्यो भनी बेहोस भएका थिए। उनलाई तत्कालै एक सरकारी अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डाक्टरहरुले मृत घोषित गरे।

ती वृद्धलाई अस्पताल ल्याएका व्यक्तिलाई डाक्टरहरुले ‘तीरुभन्नमलाई सरकारी मेडिकल कलेज अस्पताल’मा पोस्टमर्टमको लागि लैजान बताएका थिए। मृत शरिरसंगै ती व्यक्ति पनि गायब भएका छन्। प्रहरीले ट्याक्सी ड्राइभर र लजहरुमा मृत व्यक्तिको पहिचान खुलाउन सोधपुछ जारी राखेको छ। नेपाली हेडलाइनबाट

 

तपाईको प्रतिक्रिया