एजेन्सी । विश्वमा पछिल्लो सय वर्षमा यस्ता कयौं भयानक दुर्घटना भएका छन् जसले पुरै विश्वको सोच बदलेको छ। यी यस्ता दुर्घटना थिए, जसले प्रविधि, कानुन अनि सृजनशीलताको तहमा यस्तो बदली ल्याइदियो कि जसको कारण आज पनि मानिसहरुको ज्यान बचिरहेको छ। यहाँ केही त्यस्तै भयानक दुर्घटनाको चर्चा गरिएको छ।

 टाइटानिक दुर्घटना

titanic-accident

घटना: सन् १९१२ अप्रिल १४ मा आफ्नो पहिलो यात्रामा टाइटानिक पानीजहाज एक ठुलो बरफको ढिक्कामा ढोक्किएर डुबेको थियो। यो घटनामा १५०० भन्दा बढी मानिसको ज्यान भएको थियो।

किन भएको थियो दुर्घटना?
बरफको ढिक्काको बारेमा सहि जानकारी नहुदाँ घटना भएको थियो। साथै पानीजहाजमा पर्याप्त लाइफबोट नभएकाले अधिकांस मानिस डुबे। कमजोर कम्युनिकेशनको कारण पनि समयमा बचाउको लागि मानिस आउन सकेनन्। टाइटानिकबाट सबैभन्दा नजिक रहेको अर्को जहाजको रेडियोम्यान आफ्नो सिफ्ट सकेर सुत्न गएका कारण टाइटानिकले समयमा उद्धारको लागि सम्पर्क गर्न सकेको थिएन।

घटना पछि भएको परिवर्तन आज पनि जारी
यो दुर्घटना पश्चार स् १९१३ मा बरफको ढिक्काको बारेमा जानकारी हासिल गर्नको लागि ‘आइस पेट्रोल’ सुरु भयो जुन आज पनि जारी छ।

अमेरिकामा पानीजहाजमा यात्रुको हिसाबले लाइफबोट राख्नु पर्ने नियम बन्यो। यो नियम अहिले पुरै विशवको सिपिङ इन्ड्रस्ट्रीले लागु गरेको छ।

घटना पछि अमेरिकामा रेडियो एक्ट २०१२ पास भएको छ। जसमा अमेरिकी नौसेना र अन्य अपरेटरको लागि रेडियोको खास ब्याण्डविथ निर्धारण गरिएको छ। साथै जहाजले तटमा नियमित सम्पर्क गरिराख्नुपर्ने नियम बनाइएको छ।

कमेट दुर्घटना

comet-plane

हवाइजहाको झ्यालको आकार किन गोलो हुन्छ? अहिले सबै विमानमा देखिने गोलो झ्याल हुनुको कारण हो, कमेट विमान दुर्घटना। यो दुर्घटना पश्चात परिवर्तन भएको प्राविधिक पक्षले अहिले मानिसलाई सुरक्षित हवाइ यात्राको अवसर दिएको छ।

दुर्घटना: कमेट विश्वको पहिलो व्यावसायीक जेट एयरलाइन थियो, जुन सन् १९५२ मा सुरु भएको थियो। सन् १९५३ देखि ५४ सम्म ३ वटा कमेट हावामा नै दुर्घटनामा पर्यो। घटनामा कयौं मानिसको ज्यान गयो।

के थियो कारण?

उडानको बखत विमान भित्र दबाव बढ्दा ढोका, झ्याल अनि जोडिएका खापाहरुमा क्र्याक पैदा भयो। तिनै क्र्याक दुर्घटनाको कारण बन्यो। विमान आकासमै पड्किएको थियो।

के भयो परिवर्तन?
हवाइजहाजमा चारकुने झ्यालको सट्टा गोलो किनारा भएका झ्याल प्रयोग गर्न थालियो। अहिले सबै जहाजमा गोलो झ्याल देख्न सकिन्छ।

हवाइजहाजको डिजाइनमा नै परिवर्तन सुरु भयो। जहाज भित्र समान हावाको दबाब बन्ने गरि डिजाइन गर्न सुरु भयो। साथै जहाजको मर्मतलाई लिएर नियम कडा बनाइयो।

फुकुशिमा दुर्घटना

fukushima-power-plane-accident

दुर्घटना: सन् २०११ मा जापानमा आएको सुनामीले फुकुशिमा पावर प्लान्टको कूलिङ सिस्टम बन्द भएको थियो। प्लान्टको तापक्रम अत्याधिक (ओभरहिटिङ) बढेपछि ठुलो विस्फोट भयो। यो घटना चेर्नोबिल पश्चातको दोस्रो परमाणु प्लान्ट दुर्घटना थियो जसलाई वर्ग ७ मा राखियो। यो वर्गको दुर्घटना सबैभन्दा खतरनाक मानिन्छ।

के भयो असर?
यो घटनामा कसैको मृत्यु भएन, तर यो घटनाले सन्देश दियो कि चेर्नोबिल घटनाको २५ वर्ष पश्चात पनि न्युक्लियर पावर प्लान्टको जोखिम अझै बाँकी छ। घटना पछि विश्वभर सुरक्षित हुनुको कारण सोलार र वायु उर्जा उत्पादनमा बढी चासो दिन सुरु भयो।

दुर्घटना पश्चात जर्मनी र जापानले न्युक्लियर पावरमाथीको निर्भरता कम गर्ने फैसला गरे। घटना पहिले विश्वभरको कुल विजुली उत्पादनमा न्युक्लियर इनर्जी १० प्रतिशत थियो जुन दुर्घटना पश्चात घटेर ४.३ प्रतिशतमा झर्यो।

हिडनबर्ग दुर्घटना

hindenburg-disaster

सन् १९३७ मे ६ मा बएको हिडनबर्न दुर्घटना विश्वको पहिलो हाइप्रोफाइल दुर्घटना हो जसलाई क्यामेरमा उतारिएको थियो। जर्मनीको यात्रुवहाक एयरशिप हिडनबर्ग अमेरिकाको न्यूजर्सी विमानस्थलमा अवतरण गर्दा आगो लागेको थियो। घटनामा ३५ मानिको मृत्यु भएको थियो।

के भयो असर?
हिडनबर्न घटना पश्चात एयरशिपको एक युग नै एकै पटक समाप्त भयो। एयरशिप छोडी एभियसन क्षेत्रले अब हवाइजहाज तर्फ ध्यान दिन सुरु गर्यो।

हिडनबर्गमा हाइड्रोजन ग्याँसको प्रयोग गरिएको थियो। यो ग्याँस आफैमा ज्वलनशील ग्याँस हो। घटना पश्चात हाइड्रोजनको सट्टा हिलियम ग्याँसको प्रयोग बढाइयो, जुन सुरक्षित ग्याँस हो। हिडनबर्ग सो बखत आलिसान सिविल एभियसनको भविष्य मानिन्थ्यो, हवाइजहाज मुख्य गरि सैनिक सेवाको लागि मात्र प्रयोग गरिन्थ्यो। घटना पश्चात सर्वसाधराणलाई ध्यानमा राखी हवाइजहाज बनाउन सुरु भएको हो।नेपाली हेडलाइनबाट

 

तपाईको प्रतिक्रिया