inaruwa ansan gathbandan
५ असार ,इनरुवा ।आन्दोलनरत संघीय गठबन्धन सुनसरीले सदरमुकाम इनरुवामा जारी राखेको अनसनलाई निरन्तरता दिएको छ ।
नयाँ संविधान प्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत विभिन्न मोर्चा आवद्ध गठबन्धनको केन्द्रिय तालिका अनुरुप संघीय गठबन्धन सुनसरीले समेत इनरुवामा अनसनलाई जारी राखेको हो ।

२ गतेबाटै थालिएको अनसनलाई गठबन्धनमा आवद्ध नेता तथा कार्यकर्ताहरुले आज ४औं दिन समेत निरन्तरा दिएका हुन् ।जिल्ला विकास समिति सुनसरीको अघिल्तिर टेण्ट टाँगेर अनसनरत गठबन्धनकारीहरुले मधेश आन्दोलनको माग उपेक्षा गरिएकाले बाध्य भएर अनसनमा उत्रिनु परेको गठबन्धन संयोजक भगिरथ खत्वेले बताए ।

तपाईको प्रतिक्रिया