media nepal gathan itahari

५ असार, इनरुवा। इटहरी मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलको प्रमुख आतिथ्यतामा इटहरीमा आयोजित संचारकर्मिहरुको भेलाले जिवन फुयलको अध्यक्षतामा १० सदस्यीय मिडिया नेपाल जिल्ला कार्य समिति सुनसरी गठन गरेको छ । मिडिया नेपालले कोशी अञ्चलको पहिलो शाखा इटहरीमा गठन गरेको हो ।
पत्रकारीताका पेशा लाई मर्यादित र पेशागत रुपमा मजवुत वनाउनको लागि मिडिया नेपालले खवर दारी गर्ने मिडिया नेपाल स्थापना गरेको केन्द्रियअध्यक्ष गोपाल पौडेलले बताउनु भयो । समितीको उपाध्यक्षमा कुल बहादुर भुजेल सचिवमा प्रशान्त राई , सह सचिबमा सुदीक्षा खड्का कोषाध्यक्षमा सपना न्यौपाने , रहनु भएको छ भने सहस्यहरुमा अमिन चौधरी,एलीना श्रेष्ठ,प्रकाश परीयार , विवेक लामीछाने रसीद खान रहनु भएको केन्द्रीय सदस्य बिकल रेग्मीले बताउनु भयो ।घोषणा सभाका विशिष्ट अतिथी सुनसरी जिल्ला प्रसाशन कार्यलयका प्रमुख मोहन बहादुर चापागाईले अहिले मिडिया सेवामुलक व्यवसायमात्र नभएर उद्योगको रुपमा नै विकास भइसकेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया