५ असार, रविन्द्र साह सप्तरी।सप्तरीको तेरहौता गाविस ५ स्थित शिव मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा निकै बृद्धि भएको छ । शिव शनिधामका अध्यक्ष भुपेन्द्र यादवद्वारा आईतबार जारी विज्ञप्तीमा शिव शनिधाममा प्रत्येक शनिवारका दिन हजारौ श्रद्धालु भक्तजनहरु पुजाआजा तथा दर्शनको लागि भिड लाग्ने गरेको हो ।

तेरहौता गाविस ५ मा अवस्थित दुधेला र अंधेरी खोलाको संगम स्थलमा रहेको शिव शनि स्थलमा महादेवको पुजामा प्रयोग हुने वेलपत्रको रुखलाई चारैतिरबाट घेरी महादेव तथा शनिदेवको अनुकम्पा बनाएको स्थानीयबासीहरुको कथन रहेको छ ।

सो मन्दिरमा विगत वर्षौदेखि नियमित रुपमा पुजापाठ तथा दर्शनका लागि प्रत्येक शनिबार सयौ श्रद्धालु भक्तजनहरु पुग्ने गरेका छन । उक्त मन्दिरमा ३ शनिवार पुजाआजा तथा दर्शन गरेपछि भाकल तथा सुखशान्ति पाउनुका साथै शनि ग्रहबाट मुक्ति पाउने जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया