rasifal
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। अध्ययनमा बाधा पुग्नेछ। दौडधुपमै समय बित्नेछ। चिताएको काम स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा मनग्य फाइदा हुने दिन छ। विशेष अवसरले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। पहिलेको सम्झौताले केही अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ, सचेत हुनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
फाइदाका अवसर जुटे पनि आफ्ना विषयवस्तुमाथि अरूले अधिकार जमाउन सक्छन्। प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नुका साथै सरकारी कडिकडाउको सिकार भइने समय छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। चुनौती देखिए पनि योजनाहरू गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। सरसापट तथा आर्थिक कारोबारमा सजगता अपनाउनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विभिन्न अवसर देखिए पनि आलस्य गर्दा पछि परिएला। योजना कार्यान्वयनमा ल्याउन विलम्ब हुनेछ। प्रतीक्षा गरिएको विषयमा सोचेको परिणाम प्राप्त नहुन सक्छ। गुरुजनको सहयोगले रोकिएको काम बन्न सक्छ। धेरै समय दिन नसकिए पनि पढाइलेखाइमा केही उपलब्धि हासिल हुनेछ। मेहनत गर्दा फाइदा उठाउन सकिनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। तापनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। पूरा गर्न नसकिए पनि नयाँ काममा हात हाल्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। मेहनतले फाइदा दिलाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आर्थिक रूपमा राम्रै फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन्। बोलीको भरमा काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रतिष्ठित कामले हौसला जगाउनेछ। सहयोगीहरूको साथले आत्म–विश्वास बढाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले मनमा आनन्द दिलाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन्। वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मनग्य लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा प्रशस्त फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र सोचेभन्दा राम्रै फाइदा हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। कामको सन्दर्भमा ओहदामा बसेका व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सजग रहनुहोला।-नेपालि पात्रो

तपाईको प्रतिक्रिया