काठमाडौं । ललितपुरमा विस्फोट भएको हिमालयन पेट्रोकेमिकल्स प्रालिको एचपी ग्ससम्बन्धी छाबिन समितिको प्रतिवेदन आपूर्ति मन्त्रालयका कर्मचारीले नै लुकाएका छन् ।

 छानविन समितिका संयोजक तथा आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागका निर्देशक लक्षण श्रेष्ठले आइतबार आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई बुझाएको प्रतिवेदन कर्मचारीकै मिलेमतोमा लुकाइएको पाइएकाे छ ।

आपूर्तिसचिव सापकोटाले मन्त्रालयका प्रवक्ता तथा सहसचिव आन्दाराम रेग्मीलाई, रेग्मीले आपूर्ति व्यवस्थापन तथा उउभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धिाताल वा निर्देशक लक्ष्मण श्रेष्ठलाई सोधन्ु भन्दै प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेकाछन् ।

प्रतिवेदनबारे महानिर्देशक धितालले निर्देशक श्रेष्ठलाई र श्रेष्ठले मन्त्रालयमा सोध्नु भन्ने गरेकाछन् । गत जेठ ७ गते ललितपुर उपमहानगरपालिकाको हौगल टोलवस्थित इताछेमा एचपी ग्यास विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो ।आजको कारोबार दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया