Inaruwa-ramchndra-poudyal
इनरुवा असार ६/नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाटी सभापति सिङ्गो पाटी सभापति बन्न नसकेको आरोप दोहोर्याउनु भएको छ ।व्यक्तिगत निर्णयका साथ अघि बढ्ने सभापति शेरबहादुर देउवाको एकलौटी कदमले पाटीभित्र असन्तुष्टि मौलाउन पुगेको वहाँको भनाई थियो ।
सुनसरी सदरमुकाम इनरुवामा आज विहान प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सभापति देउवालाई दोचारे पन त्यागी सिङ्गो पाटी सभापति बन्न आग्रह गर्नुभयो ।पत्रकारहरुसँगको कुराकानीमा नेता पौडेलले संविधान कार्यान्वयन र मुलुक भित्र देखिएका विद्यमान समस्याको निकाश नेपाली काँग्रेसले मात्र निकाल्न सक्ने धारणा व्यक्त गर्नु भयो ।

Inaruwa-ramchndra-poudyal-1-1
मधेश समस्या र मुलुकको दीगो बिकासका लागि काँग्रेसको सरकार आवश्यक भएको भन्दै वर्तमान ओली नेतृत्वको सरकारको पौडेलले आलोचना गर्नु भयो ।वर्तमान सरकारको रवैया पूर्णतया हावादारी रहेको आरोप लगाउँदै मुलुकको समग्र हीतका लागि अब भने सवैदलले मिलन विन्दु पहिल्याउन ढिला गर्न नहुने नेता पौडेलको भनाई थियो ।

पत्रकार सम्मेलनमा पाटी सभापति राजिब कोइराला, प्रेस युनियन सुनसरीका शाखाका कार्यवाहक अध्यक्ष अजितकुमार झा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया