urocup football

६ असार, काठमाडौ । आयोजक फ्रान्स युरोकप फुटबलको समूह ए को विजेता बनेको छ ।आइतबार राति भएको खेलमा स्विट्जरल्याण्डसँग गोररहित बराबरी खेलेका फ्रान्स यसअघि नै प्रिक्वाटरफाइनलमा पुगिसकेको थियो ।

फ्रान्सले आफ्नो पहिलो खेलमा रोमालियालाई र दोस्रो खेलमा अल्वानियालाई हराएको थियो । यस्तै स्विट्जयरल्याण्ड पनि प्रतियोगिताको नक आउट चरणमा पुगेको छ ।उसले अल्बालियालाई हराएको थियो भने रोमानियासँग बराबरी खेलेको थियो ।

समूहमा तेस्रो भएको अल्बानियाको उत्कृष्ठ तेस्रोमध्येबाट प्रिक्वाटरमा पुग्ने सम्भावना कायमै रहेको छ भने रोमानिया युरोकपबाट बाहिरिएको भएको छ ।आइतबार रातिको अर्को खेलमा अल्बालियाले रोमानियालाई १–० ले हराएको छ ।

 

तपाईको प्रतिक्रिया