prize distribution cambridge
६ असार, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ४ मा रहेको शिक्षा सन्देश ईङलिस स्कुलले एसएलसी परिक्षामा तेस्रो स्थान दाबी गरिरहेकै बेला सोही बिद्यालयकी भुतपुर्ब छात्रा हिरादेबी पुरीले नयाँ उपलब्धी हासिल गरेकी छिन ।गत बर्ष सो बिद्यालय बाट एसएलसी उर्तिण गरेकी हिरादेबी पुरी (स्पार्क) ले भारतको यूनिभर्सीटि अफ ब्याङलोर बाट कम्प्युटर साईन्स ईन्जिनियरिङमा ९२ प्रतिशत अंक प्राप्त गरी प्रथम भएकी छिन ।

बिद्यालयमा समेत ईमान्दार तथा लगनशिल बिद्यार्थी जुन सुकै देशमा गएर पनि राम्रो सफलता हासिल गर्न सक्छ भन्ने प्रमाणीत भएको शिक्षा सन्देश ईङलिस स्कुलका प्रिन्सीपल राजेश खत्रिले बताए ।शिक्षा सन्देशमा प्रि प्राईमरी तह देखिनै अध्यायन गरेकी पुरीको सफलता बिद्यालयका लागी मात्रै नभई जिल्लाकै लागी खुसीको कुरा भएको शिक्षा सन्देश ईङलिस स्कुलका अध्यक्ष लक्ष्मणजंग थापाले बताए ।

पुरी सानै देखी लगनसिल तथा इमान्दार छात्राका रुपमा बिद्यालयमा चिनिएकी काउन्सिलर भुपाल बस्नेतले बताए । जिल्ला शिक्षा कार्यालय सुनसरीले समेत पुरीलाई नेपालकै गहना भएको भन्दै शनिबार इटहरीको गोरखा डिर्पाटमेण्टको हलमा भएको कार्यक्रममा पुरीलाई सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया