६ असार।  सञ्चार मन्त्रालयले जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका -२०७३ माथि नेपाल पत्रकार महासंघले गम्भीर असहमति प्रकट गरेको छ । उक्त निर्देशिका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यता विपरीत रहेको महासंघको ठहर छ ।

महासंघले विज्ञप्तीमा भनेको छ, ‘सरकारको यस्तो प्रयासले मिडियाको विकासमा बाधा गर्नुका साथै नागरिकको सूचनाको हकलाई समेत कुण्ठित गर्दछ  ।’ महासंघले निर्देशिकाको ११ नम्बर बुँदामा उल्लेख भएको आधिकारिक स्रोत नभएका, भ्रम सिर्जना गर्ने खालका तथा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पार्ने भन्ने प्रावधान र सोको परीक्षण सरकारी निकायबाट गरिने क्षेत्राधिकार राख्नु गम्भीर आपत्तिको विषय भएको जनाएको छ ।

महासंघका महासचिव उजिर मगरको हस्ताक्षरमा जारी विज्ञप्तीमा निर्देशिका जारी गर्ने सरकारको कदमप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन सरकारको ध्यानाकर्षण समेत गरिएको छ ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया