६ असार काठमाडौ। जनकपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक रात्री बस धादिङको धनुषा गाविस वडा नम्बर १ चरौंदीस्थित पृथ्वीराजमार्गमा पल्टिँदा दुई जनाको ज्यान गएको छ।

ना ५ ख २०८१ नम्बरको बस सोमबार बिहान ६ बजे तिर पृथ्वी राजमार्गको चरौँदीमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ।बस चिरौंदी खोलाको पुलको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा बसका चालक र एक यात्रु रहेका छन्। ६० वर्षीय भारतीय नागरिक रत्नलालको घटनास्थलमा र चालक ४५ वर्षीय कृष्णलालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

राति देखिनै सिमसिम पानी परिरहेकाले सडक चिप्लो भएर बस अनियन्त्रित हुन पुगेको हुन सक्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख  प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए। दुर्घटनाबारे अनुसन्धान गरिरहेका मिश्रले वताए।

प्रहरीका अनुसार एकजना भारतीय नागरिक रतनलालको घटनास्थलमा नै मृत्यु भएको हो भने चालक कृष्णलालको उपचारको क्रममा मृत्यु भएको हो । अन्य एक सख्त घाइतेको मलेखु अस्पतालमा उपचार भइरहेको छ । बसका अन्य यात्रु भने सकुशल रहेका छन ।

तपाईको प्रतिक्रिया