६  असार, जनकपुर। जनकपुरमा एक शिशुको जन्मने बित्तिकै हत्या भएको छ । वेवारिशे अवस्थामा शिशुको शव फेला परेपछि हत्या भएको पत्ता लागेको हो । जनकपुर उपमहानगरपालिका-८ स्थित बाह्रविघा मैदानको पश्चिम पट्टी सडक छेउमा छोरा जातको नवजात शिशुको शव फेला परेको हो ।

जन्मिने बित्तिकै हत्या गरि फालिएको अवस्थामा शिशुको शव सोमबार दिउँसो सडक छेउमा भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । शिशुको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र  शिशुको हत्या गरि फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । उज्यालो अनलाइनबाट

तपाईको प्रतिक्रिया